नियम ३०
नमूना परीक्षणको लागि प्रयोगशालामा पठाउने
(१) यस नियमावली बमोजिम उपभोग्य वस्तुको नमूना राखी सिलबन्दी गरिएको भाँडो परीक्षणको लागि प्रयोगशालामा पठाउँदा देहाय
बमोजिम गरी अनुसूची –४ बमोजिमकोढाँचाको फाराम भरी पठाउनु पर्नेछ ।
(क) भाँडोलाई सुरक्षित साथ प्याकिङ्ग गरी धागोले बाँधी त्यसरी धागो बाँधिएको चार ठाउँमा आफ्नोनाउँको छाप स्पष्ट बुझिने गरी सिलबन्दी
गर्ने वा प्रयोगशालाको शर्त वा प्रचलित कानून बमोजिमको तरिकाबाट सिलबन्दी गर्ने ।
(ख) सिलबन्दी गरी प्याकिङ्ग गरिएको भाँडो बाहिरी आवरणमा उपभोग्य वस्तुको नाम, परिमाण तथा सांकेतिक संख्या समेत स्पष्ट उल्लेख गर्ने।
(२) उपनियम (१) बमोजिम प्रयोगशालामा नमूना पठाउँदा सो नमूना लिएको सात दिनभित्र हुलाक वा यातायातको कुनै साधनद्वारा पठाउनु पर्नेछ ।